NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

काठमाडौंमा बालेन शाहको फराकिलो अग्रता, तीन हजारले पछि परे स्थापित

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रका बालेन शाहले फराकिलो अग्रता लिएका छन् ।

बालेनले पछिल्लो अपडेट अनुसार ६२०७ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहका एमालेका केशव स्थापित तीन हजार अन्तरले पछाडि परेका छन् । स्थापितले ३२४३ मत ल्याएका छन् ।

मतगणनाका क्रममा बालेन सुरुदेखि नै अग्रतामा छन् ।

कांग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा छिन् । उनले २८८५ मत ल्याएकी छिन् ।