NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

बैतडीको पन्चेश्वर गाउँपालिकामा गठबन्धनविरुद्ध एमाले विजयी

बैतडी । बैतडीको पन्चेश्वर गाउँपालिका अध्यक्षमा एमालेका गोरखबहादुर चन्द विजयी भएका छन् ।

कांग्रेस, माओवादी केन्द्र र नेकपा एसको साझा उम्मेदवारविरुद्ध निर्वाचनमा होमिएको नेकपा एमालेका उम्मेदवार चन्द ३ हजार ७ सय ८२ मत सहित वियजी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसका रमेश सिंह भण्डारीले २ हजार ४ सय ८८ मत प्राप्त गरेका छन् ।

गाउँपालिकाको उपाध्यक्षमा पनि नेकपा एमालेका विना भट्ट विजयी भएकी छिन् । उनी ३ हजार ६४ मत सहित विजयी भएका हुन् ।

उनका निकटम प्रतिस्पर्धी नेकपा एसका राजेन्द्र बहादुर चन्दले २ हजार ५ सय मत प्राप्त गरेका छन् ।