NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

केपी ओलीकै जन्म गाउँमा एमाले पराजित

काठमाण्डौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्म गाउँ आठराई गाउँपालिकामा कांग्रेसका उम्मेदवार दिलकुमार पाहिम विजयी भएका छन् ।

सत्ता सत्तागठबन्धनसमेतका उम्मेदवार रहेका पाहिमले ४ हजार ६ सय ९९ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामचन्द्र थपलियाले ४ हजार ८ मत प्राप्त गरेका छन् । पाहिमको मतान्तर ६९१ रहेको छ ।

त्यस्तै उपाध्यक्षमा पनि सत्तागठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार बलिराज इङनाम ४ हजार ८० मतसहित एमालेका उम्मेदवार रुपादेवी कन्दङवालाई पराजित गरेका छन् । उनले ४ हजार ७० मत पाएकी छिन् । यहाँ मतान्तर जम्मा १० रहेको छ ।

गत निर्वाचनमा कन्दङवा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । गत निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुवै पद एमाले विजयी भएका थिए ।

ओलीकै घर रहेको ४ नम्बर वडामा एमाले पराजित भएको छ । कांग्रेस २, ३, ४ र ६ वडामा विजयी भएको छ । एमाले १, ५ र ७ मा मात्र खुम्चिएको छ । ओलीले आफ्नो ६९ औं जन्मदिन जन्म घरमा नेपालको नक्सा अंकित केक काटेर मनाएका थिए ।