NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

सिके राउतको पार्टी प्यानलसहित विजय

काठमाडौं । तराई केन्द्रित सिके राउत नेतृत्वको जनमत पार्टीले तराईका केही स्थानीय तहमा राम्रो जनमत बटुलेको छ । यही क्रममा उसले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ मा सिकेको पार्टी प्यानलसहित विजयी भएको छ ।

जनमत पार्टीले यहाँ सुरेन्द्र मण्डललाई अध्यक्षमा उतारेकोमा उनले १६७० मतका साथ जित निकालेका छन् । उनलाई जनता समाजवादीका उम्मेदवारले टक्कर दिए पनि ११८६ मतमा रोकिए ।

त्यस्तै खुला, दलित र महिला सदस्यमा पनि सिकेका उम्मेदवारले जित निकालेका छन् ।

हनुमाननगरमा अब ६ वडाको मतगणना गर्न बाँकी छ ।