NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

केपी ओलीको वडामा एमालेको शर्मनाक पराजय

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको वडामा एमालेले शर्मनाक पराजय बेहोरेको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २ अध्यक्षसहितका सबै सदस्य कांग्रेसले जितेको हो । वडाअध्यक्षमा कांग्रेसका प्रदीप कार्की १५११ मत ल्याएर विजयी भएका छन् । पराजित एमालेका विश्वराज विष्टले १३०५ मत प्राप्त गरे ।

वडाका सदस्यसमेत कांग्रेसकै सदस्य जितेका छन् । जर्नादन खड्का, भगत राना, कल्पना खतिवडा (दाहाल), रञ्जिता तिखत्री सदस्यमा विजयी भए । ओलीको निवास सूर्यविनायक २ बालकोटमा पर्छ । ओलीको निवास रहेको बालकोटमात्रै होइन उनको जन्मथलो तेह्रथुमको आठराई २ मा समेत एमाले पराजित भएको छ ।

यस अघि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको डडेल्धुराको गन्यापधुरा १ वडामा पनि कांग्रेस पराजित भएको थियो ।