NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

अपर हेवाखोलाले जेठ १० गतेबाट स्थानीय बासिन्दाको लागि आइपिओ निष्काशन गर्दै

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरले जेठ १० गतेबाट आइपिओ निष्काशन हुने भएको छ । हाइड्रोपावरले  आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई ५ लाख कित्ता सेयर निष्कासन गर्न आइपिओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले आयोजना प्रभावित अर्थात् संखुवासभा जिल्लाका बासिन्दाहरुको लागि आइपीओ जारी गर्न लागेको हो । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । सो आइपिओमा छिटोमा जेठ २४ गतेसम्म र ढिलोमा असार ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यो आइपीओको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले यस आइपीओमा एनएमबि क्यापिटल नागपोखरी काठमाडौं, अपर हेवाखोला कम्पनी अनामनगर, काठमाडौंबाट आवेदन दिन सकिन्छ । साथै प्राइम कमर्सियल बैंक, प्रभु बैंक र सिद्धार्थ बैंकको खाँदबारी शाखाबाट अवेदन दिन सकिने छ ।

त्यस्तै ग्लोबल आइएमई बैंकको चैनपुर शाखा, प्राइम बैंकको तुम्लिङटार शाखा र सभापोखरी शाखा र नेपाल बंगलादेश बैंकको पाँचखपन शाखा, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।