NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

मोदी किन आएनन् नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट ?

काठमाडौं । भारतका प्रधामन्त्री नरेन्द्र मोदी सोमबार बिहान १० बजे नेपाल भ्रमणका लागि लुम्बिनी आएका छन् ।  उनी बुद्ध जयन्तीको अवसरमा लुम्बिनी भ्रमणमा आएका हुन् ।

माेदी लुम्बिनीमा अवतरण हुनु अघि भैरहवामा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरे । विमानस्थलमा एकाबिहानै जजिरा एयरवेजले कुवेतबाट भैरहवाका लागि उडान गरेकाे छ ।

तर, भारतीय प्रधानमन्त्री मोदीले नेपालमा अवतरण गर्दा गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नआएर भारतीय वायुसेनाको विशेष हेलिकप्टरबाट लुम्बिनीस्थित हेलिप्याडमा झरे ।

भारतीय मिडियाले विमानस्थल चीनले बनाएका कारण त्यहाँ जान नमानेकाे दाबी गरेका छन् ।

भारतको चर्चित टेलिभिजन जी न्युजको रिपोर्टअनुसार चीनको सहयोगमा बनेको गौतम बुद्ध विमानस्थल उद्घाटनमा सहभागी हुन नचाहेकाे र उक्त विमानस्थल प्रयाेग नगर्ने उल्लेख छ ।

मोदी नयाँ दिल्लीबाट सिधै हेलिकोप्टरमा बुद्ध जन्मस्थल लुम्बिनी जानेछन् ।

मिडिया रिपोर्टअनुसार भारतको सीमानाबाट ६ किलोमिटरमात्र नजिक रहेको भैरहवामा नेपालले अन्तर्राष्ट्रिय विमानस्थल बनाएकोमा मोदी खुसी छैनन् ।

विमानस्थल सुरु भएपछि सो क्षेत्र भारतका लागि सुरक्षा खतरा हुनसक्ने उनको विश्लेषण छ । त्यसमाथि पनि चीनको सहयोगमा विमानस्थल बनेकोमा त उनी झनै बेखुसी छन् ।

भारतीय विदेशसचिव विनय मोहन क्वात्राले शुक्रबार दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा सुरक्षाका कारण मोदीले विमानस्थलको प्रयोग नगर्ने आशय व्यक्त गरेका थिए । तर नेपाली अधिकारीहरूका अनुसार यो दाबीमा कुनै सत्यता नभएकाे बताएका छन् ।

गौतम बुद्ध विमानस्थल सञ्चालन, कुवेतबाट पहिलाे उडान

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आइपुगे