NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

भरतपुरमा रोचक भिडन्त : रेनुभन्दा सुवेदी मात्र ४ मतले अघि

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा एमाले र गठबन्धनबीच रोचक भिडन्त भइरहेको छ । भर्खरै प्राप्त विवरणअनुसार एमालेका विजय सुवेदी माओवादी केन्द्रकी रेनु दाहालभन्दा मात्र ४ मतले अघि छन् ।

सुवेदीले ३६३३ ल्याएका छन् भने निकतम् प्रतिद्धन्द्धी रेनुले ३६२९ तथा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३६० मत ल्याएका छन् । पौडेल कांग्रेसका बागी उम्मेदवार हुन् ।

यस्तै रेनु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुन् ।