NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

एमाले र कांग्रेस कार्यकर्ताबीच झडपपछि ३ म्यादी प्रहरीमाथि खुकुरी हानियो

काठमाडौं । बाजुरामा म्यादी प्रहरीमाथि खुकुरी प्रहार भएको छ । सदरमुकाम मार्तडी बुढीगंगा ४ का २० वर्षीय म्यादी प्रहरी पुष्प कटुवालमाथि खकुरी प्रहार भएको हो ।

घाइते कटुवालकोे टाउकोमा ५ ओटा टाका लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

साथै, अन्य दुई म्यादी प्रहरी हर्क सुनार र सुनिल थापा पनि घाइते भएका छन् । उनीहरूको अवस्था भने अवस्था सामान्य रहेको छ ।

खुकुरी प्रहारमा संलग्न रहेको आरोपमा बडिमालिका नगरपालिका २ का अन्दाजी २० वर्षीया नरेन्द्र नाथ र सोही ठाउँका अन्दाजी २० वर्षीया लोकन्द्र कार्कीलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । बोगटीले बताए।

मार्तडीमा नेकपा एमाले र नेपाली कांग्रेस कार्याकर्ताबीच झडप तथा ढुंगा हानाहान भएको थियो । सोही बेला म्यादी प्रहरीमाथि खुकुरी प्रहार भएको हो । तर, खुकुरी प्रहार कुन पार्टीका कार्यकर्ताले गरेको भन्ने खुलेको छैन ।