NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

ओलीको गृहनगर दमकमा राप्रपाको फराकिलो मतान्तर

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा गठबन्धनसँग तालमेल गरेकाे राप्रपाले अग्रता लिएको छ ।

पछिल्लो मतगणना अनुसार गठबन्धनबाट राप्रपाका उम्मेदवार राम थापा ६ हजार मतसहित अग्रस्थानमा छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार गीताकुमारी पौडेल अधिकारीले ४ हजार ४९५ मत पाएकी छन् ।

चितवनको भरतपुरमा एमालेले राप्रपासँग गठबन्धन गरेपनि ओलीकै नगरमा राप्रपाले सत्ता गठबन्धनसँग चुनावी तालमेल गरेको छ । दमकमा थापाले २ हजार ४९५ सहित मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।

त्यस्तै मेयरमा पनि गठबन्धनले अग्रता लिएको छ । गठबन्धनबाट कांग्रेसकी उम्मेदवार रेगिना भट्टराई ५ हजार मतसहित अग्रता लिएकी छिन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी अम्बिकाप्रसाद खनाल ४ हजार ४०० मत पाएकी छिन् ।

ताजा अपडेट

नेपालवाच विशेष