NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

ललितपुरको कोञ्ज्योसोममा अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस अग्रता कायम

काठमाडाैं । ललितपुरको कोञ्ज्येसोम गाउँपालिका अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारको अग्रता कायम रहेको छ । एमालेका अध्यक्षका उम्मेदवार कृष्णमान तामाङले दुई हजार ७५९ मत प्राप्त गरेका छन् भने नेकपा माओवादीका गोपीलाल सिङतानले एक हजार ९७७ मत ल्याएका छन् ।

पालिका उपाध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार राजनप्रसाद घिमिरेले दुई हजार ६३९ र नेकपा एमालेकी उम्मेदवार रणिता तामाङले एक हजार ८३८ मत पाएका छन् । हालसम्म चारवटा वडाको मत परिणाम सार्वजनिक भएकामा दुईमा नेपाली कांग्रेस, एकमा नेकपा एमाले र एकमा माओवादी केन्द्रका उम्मेदवार बिजयी भएका हुन्।

वडा नम्वर १ चौघरे अध्यक्षमा माओवादी केन्द्रका सन्तलाल तामाङ र वडा नं २ सङ्खुमा नेकपा एमालेका रोहन लामा, वडा नं ३ दलचोकीमा तिलक बोम्जन र वडा नम्वर ४ नल्लुमा तीर्थ घलान बिजयी भएका छन् । हाल वडा नं ५ भारदेउमा मतगणना जारी छ ।

ताजा अपडेट

नेपालवाच विशेष