NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

म्याग्दे गाउँपालिकाको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी

दमौली । तनहुँको म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ ।

गाउँपालिकाको अध्यक्षमा एमालेका श्रीप्रसाद श्रेष्ठ ७१८ मतान्तरले विजयी भएका छन् । श्रेष्ठले चार हजार ९५० मत प्राप्त गरेको निर्वाचन अधिकृत नवराज आचार्यले जानकारी दिए ।

प्रतिस्पर्धी कांग्रेसकी मायादेवी रानाले चार हजार २३२ मत प्राप्त गरेकी छिन् । उपाध्यक्षमा कांग्रेसका बालकृष्ण घिमिरे पाँच हजार ३९ मत प्राप्त गरी विजय भएका छन् । प्रतिस्पर्धी एमालेका रत्नादेवी घिमिरेले चार हजार २०० मत प्राप्त गरीन् । घिमिरे दोस्रो कार्यकालका लागि उपाध्यक्षमा दोहोरिएकी हुन् ।

गाउँपालिकामा कूल १८ हजार १०५ मतदाता रहेकामा ११ हजार ९४३ मत खसेको थियो । वि.स २०७४ सालको निर्वाचनमा कांग्रेसकी राना अध्यक्षमा विजयी हुँदा श्रेष्ठ पराजित भएका थिए । म्याग्दे १,३ र ७ मा एमालेले जितेको छ भने वडा नम्बर २, ४, ५ र ६ मा कांग्रेसले जितेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष