NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

मतगणना नसकिँदै गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी

काठमाडौं । स्थानीय तहका जारी मतगणनामा कतिपयबीच कडा प्रतिस्पर्धा छ । केही स्थानाम उम्मेदवारलाई जनताले बराबरी मत दिँदा गोलाप्रथाबाट हारजित छुट्याउनु परेको छ ।

कसैकसैले चाहिँ आफूलाई यति सुदृढ पारेका छन् कि गणना सम्पन्न नहुँदै जित सुनिश्चित गरेका छन् ।

नुवाकोटको तारकेश्वर गाउँपालिकामा ठ्याक्कै यस्तै परिदृश्य देखिएको छ ।

यहाँको अध्यक्षमा गठबन्धनका तर्फबाट शिव अधिकारी र एमालेबाट रमेशबहादुर वस्ती प्रतिस्पर्धामा छन् । वस्ती यो गाउँपालिकाको निवर्तमान अध्यक्ष पनि हुन् ।

दोस्रोपटक उही पदको प्रतिस्पर्धामा उत्रिएका वस्तीको यसपटक कन्तविजोग हुँदा कांग्रेसका अधिकारीको जित सुनिश्चित भएको छ ।

६ वडा रहेको यो गाउँपालिकामा अब मात्रै वडा नं. १ को मतगणना गर्न बाँकी छ । जारी गणनाको नतिजा प्रकाशमा नल्याइए पनि उनले प्रतिस्पर्धीको भन्दा बढी नै मत ल्याएको बताइएको छ । यद्यपि, एकको अन्तिम टुंगो लाग्न अझै केही घण्टा लाग्नेछ । तर यसको गणना नसकिँदै अधिकारीको जित पक्का भइसकेको छ । एक वडाको सिंगो गणना बाँकी छँदा अधिकारी १७२४ मतले अगाडि छन् । जबकि अब यो वडामा गणना हुन बाँकी मत नै उनको अग्रताभन्दा कम छ ।

अधिकारीले ४ हजार ५५४ मतले जित सुनिश्चित गर्दा वस्ती २७३० मतका साथ अन्तर कम गर्न प्रतिस्पर्धारत छन् ।

मतगणना करिब करिब अन्तिमतिर पुग्दा माओवादीका उपाध्यक्ष उम्मेदवारले मतान्तर बढाउँदै लगेका छन् । माओवादीका उपाध्यक्ष उम्मेदवारले ३२०५ मत हासिल गर्दा उनलाई एमालेकी कोपिला भट्टले ३०८७ मतका साथ त्यहाँ पछ्याइरहेकी छन् ।