NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

कांग्रेसका बागीले भरतपुरमा बढाए मत, रेनु दोस्रो

काठमाडौं । निकै प्रतिस्पर्धामूलक देखिएको चितवनको भरतपुर महानगरपालिकामा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले आफ्नो झिनो अग्रता यथावत राखेका छन् । रेनुले सुवेदीलाई पछ्याइरहँदा कांग्रेसका बागी जगन्नाथ पाैडेलले पनि मत बढाउँदै गएका छन् ।

प्राप्त पछिल्लो मत परिणामअनुसार, सुवेदीले ४ हजार १४८ मत हासिल गरेका छन् । रेनु अहिले सुवेदीभन्दा मात्रै सात मतले पछाडि छन् ।

गठबन्धनको मत काटेर चुनौती दिइरहेका पौडेलको पक्षमा १ हजार ७२१ मत खसिसकेको छ ।

उमपेयरतर्फ भने नेपाली कांग्रेसका चित्रसेन अधिकारी सुविधाजनक मतान्तरसहित अघि बढिरहेका छन् । उनको पक्षमा ४ हजार ६७१ प्राप्त हुँदा राप्रपाकी उम्मेदवार हिमला गुरुङले ३ हजार ५५८ मत हासिल गरेकी छन् ।

अहिले भरतपुर महानगरपालिका–४ को गणना चलिरहेको छ ।