NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

विराटनगरको प्रमुखमा कांग्रेसका कोइरालाको अग्रता कायमै

काठमाडाैं । विराटनगर महानगरपालिकाको प्रमुख पदमा आज प्राप्त पछिल्लो मतपरिणाम अनुसार गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका  छन् ।

निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले कांग्रेसका महानगर प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले चार  हजार ९९६, नेकपा एमालेका  सागर थापाले  तीन हजार ५१८ र स्वतन्त्र उम्मेदवार (लाल्टिन) का उमेश यादवले  एक हजार ६१९ मत प्राप्त गरेको बताए ।

यसैगरी उपप्रमुखमा नेकपा एमालेका शिल्पा निरौला कार्कीले तीन हजार ९९६, गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले दुई हजार ९३३, राप्रपाका विन्दाकुमारी लुइँटेल आचार्यले ९६५ मत प्राप्त गरेका छन् ।

विराटनगर वडा नं  १७ को वडाध्यक्षमा   जनता समाजवादी पार्टी नेपालका समिम कमर मियाँले एक हजार ४५० मत  ल्याएर विजयी भएका छन् । यस्तै १९ को वडाअध्यक्षमा एमालेका श्याम घिमिरेले ९८७ मत ल्याएर विजयी भएका छन्