NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

रोल्पाको गंगादेव अध्यक्षमा कांग्रेस विजयी

रोल्पा । गंगादेव गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका हरिबहादुर पुन मगर विजयी भएका छन् । उनले दुई हजार ५४८ मतका साथ नेकपा (एमाले) का रोशनकुमार वलीलाई ८५ मतान्तरले पराजित गरेका हुन् ।

गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकी अमृता केसी वलीले दुई हजार ९०९ मत प्राप्त गरी प्रतिस्पर्धी एमालेको निर्मलाकुमारी वलीलाई पराजित गरेकी छिन् । कांग्रेसवाट उक्त गाउँपालिकाको १, २, ४, ५ र ७ वडामा अध्यक्ष निर्वाचित भएका छन् भने वडा नंं ६ मा एमाले तथा वडा नं ३ मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् ।