NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

लुम्बिनीमा मोदी (फोटो फिचर)

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीको अवसर पारेर लुम्बिनी भ्रमणमा छन् । उनी भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट ११ सदस्यीय प्रतिनिधिमण्डलनको नेतृत्व गर्दै सोमबार बिहान लुम्बिनी आइपुगेका हुन् ।

बुद्धजयन्तीको अवसर पारेर लुम्बिनी आइपुगेका मोदी साँझ नै भारत फर्किनेछन् । अन्तरराष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालयनजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी मोदीलाई स्वागत गरेका हुन् ।

यो मोदीको पाचौंपटकको नेपाल भ्रमण हो । लुम्बिनीमा रहेका मोदीले मायादेवी मन्दिरको दर्शन गरेका छन् ।

यसपछि उनले भारत सरकारले निर्माण गर्ने इन्डिया इन्टरनेसनल सेन्टर फर बुद्धिस्ट कल्चर एन्ड हेरिटेजको शिलान्यास गर्ने र उक्त कार्यक्रमलाई सम्बोधन गर्नेछन् । माेदी साेमबार बेलुका भारत फर्किने बताइएकाे छ ।

भारतका प्रधानमन्त्री मोदी मायादेवी मन्दिर अगाडि राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै ।

लुम्बिनी भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मायादेवी मन्दिरलाई ढोग गर्दै । साथमा प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी धर्मपत्नी डा आरजु देउवा ।

एक दिवसीय लुम्बिनी भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मायादेवी मन्दिरतर्फ जाँदै ।

प्रधानमन्त्री शेरबहादुर देउवा र लुम्बिनी भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार मायादेवी मन्दिर क्षेत्रमा । साथमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले ।

प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी धर्मपत्नी आरजु देउवा सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुम्बिनीमा स्वागत गर्दै ।