NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

रामचन्द्र पौडेलका पूर्वस्वकीय सचिव भुइँकटहर चिन्हबाट वडाध्यक्षमा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका पूर्वस्वकीय सचिवले वडाध्यक्ष जितेका छन् ।

भुइँकटहर चिन्ह लिएर स्वतन्त्र उठेका उम्मेदवार कृष्णबहादुर अधिकारीले तनहुँको भानु नगरपालिका वडा नम्बर १३ को अध्यक्षमा बाजी मारेका हुन् ।

कांग्रेसबाट टिकट नपाएपछि उनी स्वतन्त्र रूपमा उठेका हुन् ।