NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

‘चपली हाइट’का हिरोले जिते वडाध्यक्ष

सरकारी सुविधा नलिने

काठमाडौं । चलचित्र ‘चपली हाइट’का हिरो राज घिमिरे ललितपुरको गोदावरी नगरपालिका –३ को अध्यक्षमा निर्वाचित भएका छन् । उनी माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् ।

घिमिरेले एमालेका श्रीराम आचार्यलाई पछि पारेका हुन् ।

एक वर्षयता गोदावरी क्षेत्रमै समाजसेवामा लागेका घिमिरेले वडाध्यक्षको रुपमा कुनै सरकारी सुविधा नलिने घोषणा गरेका छन् । उनले आफ्नो तलब शिक्षाबाट बञ्चित बालबालिकाका लागि खर्च गर्ने बताएका छन् ।

घिमिरेले १० वर्षअघि खेलेको चलचित्र ‘चपली हाइट’ बहुचर्चित बनेको थियो । केही यौनसम्बन्धी दृश्यका कारण विवादितसमेत बनेको थियो । घिमिरेले थुप्रै म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् ।