NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

भरतपुर महानगर : रेनुमाथि अग्रता बढाउँदै सुवेदी

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा एमालेका विजय सुवेदीले अग्रता बढाउँदै लगेका छन् । यसअघि माओवादी केन्द्रकी रेनु दाहालविरुद्ध ३८ मतको अग्रता लिएका सुवेदीले बढाएर ७३ को पुर्याएका छन् ।

ताजा परिणामअनुसार सुवेदीको ४६२५ छ भने रेनुको ४५५२ मात्र छ ।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले पनि मत बढाएर २०४० पुर्याएका छन् ।

पौडेलले बढी मत ल्याउँदा रेनुलाई घाटा पुर्याएको छ ।