NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

राजपुर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

काठमाडाैं । दाङको राजपुर गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार शरद कुमार बुढाथोकी विजयी भएका छन् । उनी ३ हजार ९८० मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नकेपा एमाओवादी केन्द्रका चक्रबहादुर खड्काले भने ३ हजार १६७ मत मात्रै ल्याए । यस्तै नेकपा एमालेका कुलराज गिरीले २ हजार ९२२ मत पाए ।

यस्तै गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकै धनपति देवी यादवले जितका छिन् । उनले ३ हजार ८३६ मत ल्याएकी छिन् । उनकी प्रतिस्पर्धी नेकपा एमालेकी सिता यादवले २ हजार ९०७ मत प्राप्त गरिन् ।