NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

माओवादीलाई हराउँदै दाङकाे राजपुरमा कांग्रेस विजयी

काठमाडौं । दाङको राजपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

माओवादी उम्मेदवारलाई पछि पार्दै अध्यक्षमा शरद कुमार बुढाथोकी र उपाध्यक्षमा धनपति देवी यादव निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार, बुढाथोकीले ३ हजार ९८० मत ल्याएका छन् । उनीसँग प्रतिस्पर्धामा रहेका माओवादी केन्द्रका चक्रबहादुर खड्काले ३ हजार १६७ मत पाए ।

नेकपा एमालेका कुलराज गिरी यहाँ तेस्रो भए । उनको मत २ हजार ९२२ छ ।

उपाध्यक्षमा ३ हजार ८३६ मतका साथ यादवले जित हासिल गर्दा एमालेकी सीता यादव २ हजार ९०७ मत ल्याएर दोस्रो भइन् ।