NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

काठमाडौंमा मतगणना सुस्त भएपछि मतगणनास्थल थपिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणनास्थल थपिने भएको छ । मतगणना सुस्त भएपछि मतगणनास्थल थपिने भएको हो ।

पहिलो दिन तीन ठाउँबाट मतगणना शुरु गरिएकोमा सोमबार दिउँसोसम्ममा पाँच ठाउँमा गणनास्थल राखिएको थियो । फेरि बढाएर सात पु¥याउन लागिएको मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले बताए ।

हाल वडा नम्बर ३, ४, ५, ३१ र ३२ को मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।