NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

नेपाल युगान्डासँग १२ रनले पराजित

काठमाडौं । टि-२० अन्तर्राष्ट्रिय महिला क्रिकेट सिरिजअन्तर्गत साेमबार भएको खेलमा नेपाल युगान्डासँग १२ रनले पराजित भएको छ ।

युगान्डाले नेपाललाई १०३ रनको लक्ष्य दिएको थियो । नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो ।

नेपालका इन्दू बर्माले १६, डली भट्टले १३, बिन्दू रावलले १२ र कविता कुँवरले ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकको रनसमेत नबनाउँदा नेपालले लक्ष्य भेट्न सकेन ।

यसअघि नेपालका कविता कुँवरले २, रुविना क्षेत्री, कविता जोशी र इन्दू बर्माले समान १/१ विकेट लिएका थिए ।