NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

नुवाकोटको तादीमा पनि कांग्रेसकाे जित

काठमाडौं । नुवाकोटको तादीमा एमाले उम्मेदवारलाई परास्त गर्दै नेपाली कांग्रेस विजयी भएको छ ।

तादी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसबाट नारायणप्रसाद पाण्डे, एमालेबाट कृष्णप्रसाद लामिछाने र माओवादीबाट किरणकुमार रिजाल प्रतिस्पर्धामा थिए । जसमध्ये पाण्डेले ३ हजार ९० मत ल्याएर जित निकालेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णप्रसाद लामिछानेले २ हजार ७ सय ३७ मत हासिल गरेका छन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसकै ईश्वरी उप्रेती विजयी भएकी छन् । निर्वाचन अधिकृतको कार्यालयले उप्रेती ३ हजार १ सय ५५ मतका जित निकालेको जनाएको छ ।