NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

काठमाडौं महानगर : स्थापित र सिंहको मत जोड्दा बालेनको जति नपुग्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरमा स्वतन्त्रका बालेन शाहले निरन्तर अग्रता लिइरहेका छन् ।

बालेनले ७५३५ ल्याएका छन् । तर एमालेका केशव स्थापितले पाएको ३९८२ र कांग्रेसकी सिर्जना सिंहले पाएको ३४८६ भन्दा पनि ६७ मतले बढी हो ।

काठमाडौंको जारी मतगणनामा स्वतन्त्रका बालेनले निरन्तर अग्रता लिंदै आएका छन् । ३, ४, ३१ र ३२ को मतगणना जारी छ ।

एमाले र कांग्रेसबीच प्रतिस्पर्धा हुने भनिए पनि काठमाडौंमा स्वतन्त्रका बालेनप्रति मतदाताले धेरै भरोसा देखाएर भोट दिएका छन् ।

साढे सात हजार मत ल्याउँदासम्म बालेन गणनामा एकपटक पनि पछाडि परेका छैनन् ।