NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

बालेनको चुनावी नतिजामा खसी बाजी राख्ने दुई पक्राउ

खोटाङ । काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन्द्र शाह बालेनले निर्वाचनमा जित्ने वा हार्ने भन्ने विषयमा खसी बाजी राखेका दुई जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

यस्तो बाजी गैरकानुनी भएको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ लफ्याङका विजय फुयाल र रमेश खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

शाहले निर्वाचन जिते फुयाललाई खड्काले २८ किलोको खसी दिनुपर्ने र उनी पराजित भए फुयालले खड्कालाई खसी दिनु पर्ने बारेमा दुवै जनाले गरेको तमसुक सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

उनीहरुले स्थानीय दिनेश आचार्य, सुमन बास्तोला र सरोज खतिवडाको रोहबरमा बाजी राखेका थिए ।