NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

थप ७ जनामा कोरोना पुष्टि, ९ जना कोरोनामुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ७८५ जनामा परीक्षण गर्दा थप ७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर विधिबाट ६ जना र एन्टिजेन विधिबाट एक जना गरी कुल ७ जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या पिसिआर मात्रै ९ लाख ७९ हजार ४ जना रहेको छ भने एन्टिजेनमार्फत एक लाख ४० हजार २०८ जना पुगेकाे छ । गत २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९ जना कोरोनामुक्त भएसँगै हालसम्म निको हुनेकाे संख्या ९ लाख ६६ हजार ९१३ जना पुगेको छ । जुन कुल संक्रमितको ९८.८ प्रतिशत हो ।

देशभर सक्रिय संक्रमितको संख्या १३९ रहेको छ । जसमध्ये ३ जना क्वारेन्टिनमा छन्

No photo description available.

ताजा अपडेट

नेपालवाच विशेष