NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

भरतपुरमा रेनु दाहालले लिइन् अग्रता

काठमाडौं । माओवादी केन्द्रबाट भरतपुर महानगरपालिकामा मेयरका उम्मेदवार रेनु दाहालले पुनः  अग्रता लिएकी छिन् । एमालेका उम्मेदवार विजय सुवेदीसँग झिनो मतले पछि परेकी दाहालले ५ हजार ३९ मतसहित अग्रता लिएकी हुन् ।

उनका निकटतम प्रतिस्पर्धी सुवेदीले ५ हजार २७ मत प्राप्त गरेका छन् । यसअघि ५७ मतले पछि परेकी रेनु पछिल्लो मतपरिणाम अनुसार १२ मतले अग्रता लिएकी हुन् ।

स्वतन्त्र उम्मेदवार उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ३५५ मत पाएका छन् । सुरूदेखि नै झिनो मतान्तरले भरतपुरको मतगणना रोमान्चक रहँदै आएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष