NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

मत गणना सुरु नगर्दै दुर्घटनामा परेर उम्मेदवारको मृत्यु

काठमाडौं । धादिङको ससाहमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पोखराबाट धादिङबेँसी आउँदै गर्दा आइचर ट्रकसँग ठोक्किएर नीलकण्ठ नगरपालिका–७ का २९ वर्षीय अर्जुन पोखरेलको मृत्यु भएको हो ।

दुर्घटनामा सँगै सवार नीलकण्ठ नगरपालिका–४ का सन्तोष अधिकारी गम्भीर घाइते भएका छन् । उनको धादिङमा उपचार हुन नसकी काठमाडौंं ट्रमा सेन्टर पठाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए ।

धादिङबेँसीबाट काठमाडौंतर्फ जाँदै गरेको बा५ख ७०७२ नम्बरको आइचरले वाग्मती प्रदेश ०२–०३३ प ३३९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो । पोखरेलको धादिङ अस्पतालमा मृत्यु भएको हो ।

मृतक पोखरेल गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्न लिएर नीलकण्ठ नगरपालिका–७ नम्बर वडाको वडा सदस्य उम्मेदवार थिए । नीलकण्ठ निर्वाचन कार्यालयले भोट गन्नसमेत सुरु नगर्दै उम्मेदवारको मृत्यु भएको हो ।