NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

‘कांग्रेस कार्यकर्ता’ले च्याते मतपत्र, गणना स्थगित

काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनमा भरतपुर र माओवादी बदनाम भयो । त्यसको कारण थियो, माओवादीबाट भरतपुर महानगरपालिकामा मतपत्र च्यातिनु ।

भरतपुर दोहोरिने यस्तै भयले यसपटक निर्वाचन आयोगले सतर्कता अपनाएको छ । तथापि, ओखलढुंगामा अघिल्लाे पटक भरतपुरमा जस्तै प्रकृतिको अर्को घटना दोहोरिएको छ ।

त्यहाँको चिसंखुगढी गाउँपालिकामा पतपत्र च्यातिएको हो । विपक्षीले कांग्रेस कार्यकर्ताले मतपत्र च्यातेको आरोप लगाएका छन् । तर कांग्रेसले आरोपबारे केही बताएको छैन ।

मतपत्र च्यातिएपछि अहिले त्यहाँको मतगणना प्रभावित भएको छ ।