NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

पाँचथरमा निवर्तमान अध्यक्ष कांग्रेससँग हारे, उपाध्यक्ष दोहोरिइन्

शंकर चापागाईँ, पाँचथर । जिल्लाको हिलिहाङ गाँउपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका समरबहादुर अधिकारी विजयी भएका छन् ।

नेकपा एमालेका भवानीप्रसाद लिङ्देनलाई २२८ मतले हराउँदै अधिकारी विजयी भएका हुन् ।

सत्तागठबन्धनका उम्मेदवार अधिकारीले ४४२२ मत प्राप्त गर्दा निवर्तमान लिङ्देन ४१९४ मतमा स्तब्ध भए । लिङ्देन यो गाउँपालिकाको निवर्तमान अध्यक्ष हुन् ।

त्यस्तै, उपाध्यक्षमा एमालेकी सुमित्रा सेढाईँ विजयी बनेका छन् । नेकपा एकीकृत समाजवादीका भवानीप्रसाद लिङ्देनलाई पराजित गर्दै विजयी सेडाइ पुनः दोस्रो कार्यकालका लागि उपाध्यक्ष बनेकी हुन् ।