NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

अनौठो संयोग : एमालेबाट जित्दा १८३८ मत, फुटपछि समाजवादीबाट जित्दा तेब्बर १८३० मत

काठमाडौं । एमालेको बलियो प्रभाव रहेको ललितपुरमा माधव नेपाल नेतृत्वको नेकपा समाजवादीका नेता अविश्वनीय मत ल्याएर वडाअध्यक्षमा विजयी भएका छन् ।

ललितपुर २ बाट वडाअध्यक्षमा जितेका राजेशकुमार महर्जनको हकमा अनौठो संयोग बन्न पुगेको छ ।

अघिल्लो निर्वाचनमा एमालेबाट यही वडामा महर्जनले १८३८ मत ल्याएर विजयी भएका थिए । यसपटक पनि महर्जन १८३० मत ल्याएर विजयी भएका हुन् ।

तर यसपटक फरक संयोग रह्यो । एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीसँग फुटेर उम्मेदवार बन्दा महर्जनले एमालेका नेतालाई शर्मनाक हार चखाएका छन् । १८३० ल्याएर विजयी हुँदा एमाले उम्मेदवारले ६०४ मत मात्रै ल्याए ।

एमालेको तुलनामा समाजवादीका महर्जनले ल्याएको मत तेब्बरभन्दा पनि बढी हो । वडा अध्यक्षमा गठबन्धन नै नहुँदा कांग्रेसका विनयप्रसाद जोशीको ५६० मत आएको छ ।

ललितपुर ३ बाट नेकपा एसकै श्रीगोपाल महर्जन वडाध्यक्षमा निर्वाचित भएका छन् ।

महानगरमा हरिकृष्ण ब्यञ्जनकारविरूद्द चिरिबाबु महर्जनले तेब्बर मतले अग्रता लिइरहेका छन् ।

ललितपुरमा एमालेको बिजोग, चिरिबाबुले ३२४ मत ल्याउँदा एमालेका हरिकृष्णलाई ५२ मत !