NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

जसले निकाले माओवादी एक्लैले जितेको वडामा गठबन्धन हराउँदै जित

पाँचथर । जिल्लाको फिदिम नगरपालिका–१२ को वडाध्यक्षमा नेकपा (एमाले) का कमल चापागाईं विजयी बनेका छन् ।

निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका पुण्यप्रसाद दुलाललाई ४ सय १६ मतले पछि पार्दै चापागाईं निर्वाचित भएका हुन् ।

चापागाईंले ९ सय ४२ मत प्राप्त गर्दा दुलालले पाँच सय २६ मत प्राप्त गरे ।

०७४ को चुनावमा नेकपा माओवादी एक्लैले यस वडामा जित हासिल गरेको थियो ।

यसपटक सत्ता गठबन्धनका दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादी एकातर्फ र नेकपा एमाले, राप्रपा र संघिय समाजवादी अर्कोतर्फ रहेका थिए । तथापि माअाेवादी पराजित भएकाे छ ।