NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

भरतपुर महानगर : सुवेदीभन्दा रेनु मात्र ३ मतले अघि

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा एमाले र गठबन्धनबीच रोचक भिडन्त भइरहेको छ । भर्खरै प्राप्त विवरणअनुसार माओवादी केन्द्रकी रेनु दाहाल एमालेका विजय सुवेदीभन्दा मात्र ३ मतले अघि छिन् ।

रेनुले ५३१३ ल्याएकी छिन् भने निकतम् प्रतिद्धन्द्धी सुवेदीले ५३१० ल्याएका छन् ।

यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २५३६ मत ल्याएका छन् । पौडेल कांग्रेसका बागी उम्मेदवार हुन् ।

यसैगरी, रेनु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुन् ।

सुवेदी र रेनुबीच झिनो अन्तरको अग्रता फेरबदल भइरहेको छ ।