NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

स्थापितभन्दा बालेन झण्डै दोब्बर मतले अघि

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहले फराकिलो अग्रता कायमै राखेका छन् ।

स्वतन्त्र उम्मेदवार बालेन दोस्रो स्थानका एमालेका केशव स्थापितभन्दा ३९८४ मतले अगाडि छन् ।

बालेनले ८४२० मत ल्याएका छन् भने स्थापितले ४४३६ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ३८८१ मत ल्याएकी छिन् ।