NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

३३ वडामा राप्रपाको जित, १५ मा अग्रता, २०० बढीमा तेस्रो (सूचीसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभरका ३३ वडामा जित निकालेको छ । महानगरपालिकाबाहेकका स्थानीय तहका वडामा राप्रपाका वडाध्यक्ष उम्मेदवार विजयी भएका हुन् । तीन वडाबाहेकमा राप्रपाको सिंगो प्यानल नै आएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले आफ्नो दलले देशभरका ३३ वडाको वडाध्यक्ष जितिसकेको जानकारी दिए । धादिङको रुबिभ्याली–४, धादिङकै खनियावास–३, सिद्धार्थनगर नगरपालिका–३ र ४, गणेशमान चारनाथ नगरपालिका–१ लगायत ३३ वडामा राप्रपा विजयी भएको हो ।

प्रवक्ता शाहीका अनुसार, जारी मतगणनामा उपमहानगरपालिकासहित १५ स्थानीय तहमा राप्रपाका उम्मेदवारले लिड गरिरहेका छन् । ८० भन्दा बढी स्थानीय तहमा दोस्रो र २०० भन्दा स्थानीय तहमा तेस्रो स्थानमा रहेर राप्रपाले चुनौती दिइरहेको छ ।

राप्रपा नेतृत्वमा राजेन्द्र लिङ्देनको इन्ट्री र कमल थापाको वहिर्गमनपछि आकर्षण बढेको विश्लेषण हुने गरेका छन् । स्थानीय तह निर्वाचनले पनि यस्तै तर्कलाई बल दिइरहेको छ ।

यी हुन् राप्रपाले हालसम्म जितेका वडाहरू