NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ असार १८ गते

चट्याङ लागेर किशोरीको मृत्यु

काभ्रे । जिल्लाको रोशी गाउँपालिका–९ पनान्चेमा आज दिउँसो चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार सो ठाउँका गणेश लुङ्गेलीकी छोरी अन्दाजी १६ वर्षीया साजनी लुङ्गेलीको मृत्यु भएको हो ।

घरनजिक बारीबाट घर फर्कंने क्रममा अचानक चट्याङ लागी घाइते भएको र उपचारका लागि नमोबुद्ध नगरपालिकाको भकुण्डेस्थित स्थानीय मेडिकलमा ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।