NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

विराटनगर महानगरको मेयरमा कांग्रेसका कोइरालाको १५ सयभन्दा बढीको अग्रता

काठमाडौं । विराटनगर महानगरपालिकाको मेयर (प्रमुख) पदमा प्राप्त पछिल्लो मत परिणामअनुसार गठबन्धन दल नेपाली कांग्रेसका उम्मेदवारको अग्रता कायमै रहेको छ ।

मुख्य निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले मतगणना स्थल आदर्श माध्यमिक विद्यालयबाट जारी गरेको सूचनाअनुसार कांग्रेसका महानगर प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले ६ हजार ३४३, नेकपा (एमाले)का सागर थापाले चार हजार ८३३ र स्वतन्त्र उम्मेदवार (लाल्टिन)का उमेश यादवले दुई हजार ३१ मत प्राप्त गरेका छन् ।

कांग्रेसको कोइराला एमालेका थापाभन्दा एक हजार ५१० ले अघि छन् ।