उत्तरगयाका निवर्तमान अध्यक्ष एमालेसँग पराजित

रसुवा । स्थानीय तह निर्वाचनअन्तर्गत उत्तरगया गाउँपालिकाको मत परिणाम घोषणा भएको छ । प्राप्त परिणामअनुसार नेकपा एमालेका उम्मेदवार माधवप्रसाद अर्यालले दुई हजार ९९९ मत प्राप्त गरी गाउँपालिकाको अध्यक्ष पदमा विजय हासिल गरेका छन् ।
अध्यक्ष पदमा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्र लम्सालले दुई हजार ५६० मत प्राप्त गरेका थिए । यसअघि लम्साल सोही गाउँपालिकामा अध्यक्ष थिए ।
गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार चमेली गुरुङले तीन हजार १३४ प्राप्त गरी विजयी भएकी छन् । उनको प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सुनिता गुरुङले दुई हजार ४३४ मत प्राप्त गरेकी थिइन् ।
यस्तै उक्त गाउँपालिकाको पाँचवटा वडामध्ये १, २ र ३ वडामा नेकपा एमालेका उम्मेदवार क्रमशः मारसिंह तामाङ, टुकुप्रसाद सुवेदी, लालबहादुर तामाङ एवं वडा नं ४ मा नेपाली कांग्रेसका अमरबहादुर बुलुन र वडा नं ५ मा नेकपा माओवादी केन्द्रका यमप्रसाद आचार्य विजय भएका छन् ।
ताजा अपडेट
-
न्यूयोर्कका सार्वजनिक स्थलमा बन्दुक बोक्न निषेध
-
सुडानमा सरकार विरोधी आन्दोलन थप चर्किदै
-
पोखरा स्पोर्ट्स अवार्ड :अरुणा र प्रदीप वर्ष उत्कृष्ट खेलाडी
-
बैतडीबाट पाँच महिलाको उद्धार
-
नेकपा एसका अध्यक्षलाई भारतीय राजदूतले भेटे
नेपालवाच विशेष
-
भएका १९ विमानस्थल अलपत्र, तैपनि थप गर्ने चटारो
-
अब कति बजेट पाउँछन् प्रदेश र स्थानीय तहले ?
-
जहाज हराएको घटना : मृत्युको पुष्टि नभइ मुख्यमन्त्रीदेखि मेयरसम्मले दिए श्रद्धाञ्जलि !
-
पूर्वप्रशासकका नजरमा यी हुन् काठमाडौं महानगरका विकृति र बालेनका चुनौती
-
महिनावारीकाे विज्ञापन संसार : सय वर्षमा बदलिँदैछ मानसिकता
प्रतिक्रिया