NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

थप एक स्थानीय तहमा समाजवादीको जित

काठमाडौं । एकीकृत समाजवादी पार्टीले अर्को स्थानीय तहमा पनि विजय हासिल गरेको छ ।

सल्यानको कपुरकोट गाउँपालिकामा माओवादी केन्द्रसँग गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएको समाजवादीले अध्यक्ष जितेको हो ।

अध्यक्षका विजयी दुर्गाबहादुर पुन नेकपा एमालेका उम्मेदवार भीमबहादुर सेनलाई पराजित गर्दै त्यहाँ विजयी भएका हुन् । सेनले ३१६० मत ल्याएर जित निकाल्दा सेनले २९३६ मत ल्याए । कांग्रेसका विष्णुप्रसाद शर्माको १५७२ छ ।

उपाध्यक्षमा माओवादी केन्द्रका प्रकाश भरारी विजयी भएका छन् । एमालेकी भीमा बुढाथोकीकीलाई हराउँदै भरारी विजयी भएका हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष