NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

राप्रपाको गढ भत्काउँदै रुविभ्यालीमा माओवादी विजयी

काठमाडौं । राप्रपाको गढ मानिएको उत्तरी धादिङको रुविभ्यालीमा माओवादीले गाउँपालिका अध्यक्ष जितेको छ ।

राप्रपाका गोम्बा घलेलाई पराजित गर्दै माओवादीका रामसिंह तामाङ अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले २७९२ मत ल्याए । पराजित घलेले २५९७ मत ल्याए ।

गठबन्धनबाट कांग्रेसले उपाध्यक्ष जितेको छ । उपाध्यक्षमा फेलामा तामाङ २९०३ मत प्राप्त गरी विजयी भएका हुन् ।
४ बाहेकका अरु वडा गठबन्धनले जितेको छ ।