NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

विप्लवको वडामा माओवादीले जित्दा उनका उम्मेदवार तेस्रो भएपछि …

काठमाडौं । नेकपाका नेत्रविक्रम चन्द (विप्लव)को पार्टी आफ्नै वडामा तेस्रो हुन पुगेको छ । विप्लवको घर रहेको कपिलवस्तुको शिवनगर ९ मा माओवादी केन्द्रले जितेको हो ।

वडामा प्यानलसहित माओवादीका रामगोपाल थारु विजयी भएका हुन् । उनले ७८२ मत ल्याए । विप्लवको वडामा उनको पार्टी मुख्य प्रतिस्पर्धी पनि भएन । माओवादीको निकटम प्रतिद्वन्द्वी भने एमाले बन्न पुग्यो ।

पराजित अशोक मल्लले ५५६ मत ल्याए । तर पुतली चिन्हबाट उठेका मालबहादुर घर्तिमगर ५१७ मत मात्रै ल्याए ।