NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

कर्मचारीले मतपरिणाम लुकाएको भन्दै विवाद भएपछि मतगणाना रोकियो

बाँके । जानकी र बैजानाथमा मतगणाना रोकियो बाँकेको जानकी र बैजनाथ गाउँपालिकामा मतगणना कार्य रोकिएको छ । जानकी गाउँपालिकामा मतगणनामा खटिएका कर्मचारीले मतपरिणाम लुकाएको भन्दै विवाद भएको थियो ।

सो गाउँपालिकाका निर्वाचन अधिकृत वासुदेव शर्माले मतगणनामा विवाद भएकाले केहीबेरदेखि मतगणना रोकिएको जानकारी दिए । त्यस्तै बैजनाथ गाउँपालिकामा पनि मतगणनामा विवाद भएकाले रोकिएको जिल्ला निर्वाचन अधिकारी रमा अर्यालले जानकारी दिए ।