NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

पूर्वडिआइजी रमेश खरेलको पार्टीले पर्सामा खाता खोल्यो

पर्सा । नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीले पर्साको पोखरिया नगरपालिकाको वडा नम्बर ९ मा वडाअध्यक्ष पद जितेको छ । पार्टीका उम्मेदवार नौसाद आलम ८ सय ७७ मत ल्याएर वडाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रामबाबुप्रसाद चौहानले ६ सय ८७ मत ल्याए । पोखरिया नगरपालिकाको प्रमुखमा पनि सुशासन पार्टीका उम्मेदवारले नेकपा एमालेका उम्मेदवारलाई पछ्याइरहेका छन् ।

एमालेका उम्मेदवार प्रदुमनप्रसाद चौहानले २ हजार ९ सय ५७ मत ल्याएका छन् । २ हजार २ सय १६ मत ल्याएर सुशासन पार्टीका शंकर राउत अहिर उनको पछि पछि छन् ।