NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

बन्दीपुरको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस

दमौली । बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का सुरेन्द्र थापाले तीन हजार दुई सय पच्चीस मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का पूर्णसिं थापाले तीन हजार एक सय छैसठ्ठी मत प्राप्त गरेका हुन् ।

यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसका पञ्चमाया गुरुङले तीन हजार सत्ताइस मत ल्याएर विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी करुणा गुरुङले तीन हजार पच्चीस मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बन्दीपुरमा कूल दश हजार दुई सय पाँच मत खसेको थियो ।