NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

प्राइम लाइफ र गुराँस लाइफलाई मर्जरका लागि समितिले दियो सैद्धान्तिक सहमति

काठमाडाैं । प्राइम लाइफ इन्स्योरेन्स र गुरास लाइफबीच एक-आपसमा गाभ्न र गाभिन मर्जरसम्बन्धी सैद्धान्तिक सहमति दिएको छ ।

समितिले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ को दफा ६ बमोजिम सहमति दिएको हो । साथै सोही निर्देशिकाको दफा ७ बमोजिम मूल्यांकनकर्ता नियुक्त गरी समितिमा विवरण पेश गर्नसमेत निर्देशन दिइएको समितिले जनाएकाे छ ।

ती कम्पनीहरुले आफूहरुबीच आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्ने सहमति भएको जानकारी दिँदै त्यसका लागि संयुक्तरुपमा निवेदन दिई सहमति माग गरेकाले समितिले त्यस सम्बन्धमा आज सैद्धान्तिक सहमति प्रदान गरेको हो ।

यसअघि २०७९ वैशाख २३ मा समितिले “बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ को दफा ६ बमोजिम हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई आफूहरुबीच एक आपसमा गाभ्ने र गाभिने सम्बन्धमा सहमति गरी त्यसका लागि सहमति पाउन संयुक्तरुपमा समितिमा निवेदन दिएका थिए ।