NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते
विराटनगर महानगर

उम्मेदवार नै नभएको रुखमा झण्डै ५ हजार मत खसेपछि उपमेयरमा एमालेको फराकिलो अग्रता

काठमाडौं । विराटनगर महानगरपालिकामा गठबन्धनको भागबण्डाप्रति कांग्रेसका मतदाताको असन्तुष्ट छर्लङ्ग देखिएको छ । उपमेयरका उम्मेदवार नै नभएको कांग्रेसको मतदान चिह्न रुखमा ४८३७ मत खसेसँगै असन्तुष्टि प्रष्टै देखिएको हो ।

गठबन्धनको तर्फबाट उपमेयरमा उठेका जसपाका अमरेन्द्र यादव एमालेकी उम्मेदवार शिल्पा कार्कीभन्दा ४३२५ मतले पछाडि छन् । शिल्पाले ११०११ मत ल्याउँदा अमरेन्द्रको ६६८७ मतमात्र छ ।

मेयरमा भने कांग्रेसका नागेश कोइराला एमालेका सागर थापाभन्दा धेरै अघि छन् । हालसम्म ४० हजार २७२ मत गणना भएकोमा कोइरालाले ३१०१ मतको अग्रता लिएका हुन् ।

गठबन्धन हुँदा जसपाले उपमेयर पाएपछि कांग्रेसकै नेता तथा कार्यकर्ताले विरोध गरेका थिए । यसैको परिणाम अहिले परिणाममा देखिएको छ ।

उपमेयरमा उठेका अमरेन्द्र जसपाका अध्यक्ष उपेन्द्र यादवका छोरा हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष