NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

खजुरा गाउँपालिकामा अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस निर्वाचित

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकामा गठबन्धनका दुवै उम्मेदवार निर्वाचित भएका छन् ।

गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका डम्बर विक अध्यक्ष पदमा १० हजार ७९० मत ल्याएर र नेपाली कांग्रेसकी मञ्जु मल्ल उपाध्यक्ष पदमा १० हजार ३४ मत ल्याएर निर्वाचित भएको खजुराका निर्वाचन अधिकृत लोकबहादुर सुनारले जानकारी दिए ।

विकका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुमन मल्लले नौ हजार १३७ मत पाएका थिए । उपाध्यक्षमा मल्लले निकटतम प्रतिद्वन्द्वी एमालेकी ताजरुन निशालाई पराजित गरेका थिए । उनले आठ हजार ९१ मत ल्याएका थिए ।

वि.स २०७४ को स्थानीय निर्वाचनमा उक्त गाउँपालिकामा नेकपा एमाले निर्वाचित भएको थियो । आठ वडा रहेको सो गाउँपालिकामा माओवादी केन्द्रले पाँच, कांग्रेसले दुई र एमालेले एक वडामात्रै जितेको छ ।

अहिलेसम्म बाँकेमा राप्तीसोनारी र डुडुवा गाउँपालिकाको अन्तिम मत परिणाम घोषणा भइसकेको छ ।