NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

तिलोत्तमामा दुई दिनदेखि स्थगित मतगणना सुरु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा दुई दिनदेखि रोकिएको मतगणना सुरु भएको छ ।

गणनाका क्रममा एमालेको पक्षमा मत बढाएको भन्दै विवाद उत्पन्न भएपछि मंगलबार बिहान ३ बजेदेखि मतगणना रोकिएको थियो ।

विवाद उत्पन्न भएका बेला वडा नम्बर २ र १६ को मतगणना भइरहेको छ । एमालेबाहेकका ६ दलले पुनः मतगणनाको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

निर्वाचन अधिकृत माधव लोहनीले दिएको जानकारी अनुसार बुधबार रातिदेखि फेरि मत गन्ने काम सुरु भएको हो ।